फ्रान्सको पहिलो जित
शुक्रबार, ०७ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै फ्रान्सले पहिलो जित निकालेको हो ।
फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जेरुडले एक एक गोल गरे ।
खेलको ५६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि ६५ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।
जेरुड फ्रान्सका लागि सर्वाधिक बढी उमेरका गोलकर्ता बनेका छन् ।
जेरुडले ३५ वर्ष ३५७ दिनको उमेरमा फ्रान्सका लागि गोल गरेका हुन् । यस अघि कीर्तिमान बनाएका रोजर मार्चे भन्दा ७० दिन बढी उमेरमा जेरुडले गोल गरेका हुन् ।
यस जितसँगै फ्रान्सले ५ खेलमा ५ अंक जोडेको छ ।
लिग ए समूह १ को फ्रान्स समूहको तेस्रो स्थानमा रहेको छ ।
अष्ट्रिया ४ अंक जोडेर पुछारमा रहेको छ ।
फ्रान्सको पहिलो जित






-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)