सन्जिव र सन्जीत स्लोभेनिया प्रस्थान
बुधबार, असोज ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा सहभागी हुन २ खेलाडी बुधबार स्लोभेनिया प्रस्थान गरेका छन् ।
उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
सेप्टेम्बर २३ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सन्जिव तामाङले प्याटर्न र लाइट किक बक्सिङको ५५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
सन्जीतकुमार राईले चाइनिज फर्मस् र क्रिएटिभ फर्मस् स्पर्धामा खेल्ने छन् । टोली सेप्टेम्बर २६ तारिख स्वदेश फर्कने छ ।
सन्जिव र सन्जीत स्लोभेनिया प्रस्थान






-1752559246.jpeg&w=3840&q=75)
-1751282194.jpeg&w=3840&q=75)

-1761410041277.webp&w=3840&q=75)






