बंगलादेशको सुखद सुरुआत
सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा बंगलादेशले विजयी सुरुआत गरेको छ ।
सोमबार भएको खेलमा श्रीलंकालाई ५-१ गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुआत गरेको हो ।
बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई गोल गरे ।
यस्तै मोहमद रुबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्दीनले एक एक गोल गरे ।
श्रीलंकाका यासिर शर्फराजले एक गोल फर्काए ।
जितसँगै समूह 'ए' को बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ ।

बंगलादेशको सुखद सुरुआत






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
