दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटबल असोजमा

रामेछाप । रामेछापको मन्थलीस्थित दीपशिखा व्वाईज यूनाईटेड क्लबको आयोजनामा असोजको दोश्रो साता दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
बडादशौँ तथा दिपावलीका अवसरमा असोज १० देखि १५ गतेसम्म प्रतियोगिता हुने क्लबका अध्यक्ष आषिश कार्कीले जानकारी दिए । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
प्रतियोगिताको विजेता टोलीलाई ३ लाख ३ हजार , उपविजेतालाई २ लाख २ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख १ हजार प्रदान गरिने अध्यक्ष कार्कीले बताए । सान्त्वना पुरस्कार २५ हजार रहेको क्लबले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको म्यान अफ दि म्याच खेलाडीलाई १ हजार, बेष्ट किपर, बेस्ट डिफेन्डर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार प्रदान गरिने छ । खेल मन्थली न.पा. २ स्थीत करम्बोट खेल मैदानमा हुने आयोजकले जनाएको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)