• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी-ट्वान्टी सिरिज : जितभित्र लुकेको हार
हेम राज हमाल
बुधबार, भदौ १५, २०७९ हेम राज हमाल
टी-ट्वान्टी सिरिज : जितभित्र लुकेको हार

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम टी ट्वान्टी अन्तराष्ट्रिय खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।

यसअघि अगस्ट २५ बाट नेपालले आफ्नो यात्रा अघि बढाएको थियो । सिरिजको पहिलो खेलमा घरेलु टोलीलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा केन्याले पुनरागमन गर्यो । १८ रनले नेपाललाई पराजित गर्दै सिरिजमा  १–१  को बराबरी गर्यो । तेस्रो खेलबाट नेपालले सिरिजमा पुन: अग्रता बनायो । यस खेलमा उत्कृष्ट ब्याटिङसहित केन्यालाई ४ विकेटले हरायो । चौथो खेलमा ७ विकेटले नतिजा केन्यालाई सुम्पियो ।

अन्ततः पाँचौ तथा अन्तिम दिन यस सिरिजको फैसला हुने भयो । निर्णायक खेलमा उत्कृष्ट खेल पस्केको नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज कब्जा गर्यो ।

अब नेपालले केन्याविरुद्ध सोहि मैदानमा एकदिवसीय सिरिज खेल्नेछ । तीन खेलको सिरिजको एकदिवसीय सिरिज शुक्रबारबाट सुरु हुनेछ । यद्दपी नेपालको केन्याविरुद्धको एकदिवसीय सिरिज आधिकारिक अन्तर्राष्ट्रिय सिरिज भने हुने छैन । किनकी केन्यासँग आईसीसीको एकदिवसीय मान्यता छैन । केन्याले सन् १९९६ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । सन् २०१४ को क्रिकेट विश्वकप छनोटमा पराजित हुँदै पाँचौं स्थानमा पर्नु अघि १८ वर्षसम्म एकदिवसीय मान्यता केन्यासँग थियो ।

केन्या सन् १९८१ देखि आईसीसीको एक एसोसियट सदस्य रहेको थियो । केन्याले सन् १९९६ देखि सन् २०११ सम्म पाँच क्रिकेट विश्वकप खेलेको छ । दक्षिण अफ्रिकामा सन् २००३ क्रिकेट विश्वकपमा सेमिफाइनलसम्म पुगेर सबैलाई अचम्मित बनाएको थियो । बलियो इतिहास बोकेको केन्या क्रिकेट अहिले भने न्युनस्तरको टिम मानिन्छ । तर केन्याको जुन परिचय दशकौ अघि थियो, पक्कै नेपाली क्रिकेटले पनि त्यसबेला अनुशरण गर्दथ्यो । हाल टी-ट्वान्टी वरीयतामा केन्या निकै पछि छ, २८ औं स्थानमा ।

कुनै समय उनीहरुले निर्माण गरेको सशक्त धरातल हेर्ने हो भने नेपालले केन्यासँग सिरिज खेलेर गौरव महशुस गर्नुपर्छ।

यस सिरिजको उपलब्धि के रह्यो र नेपालले सम्बोधन गर्न आवश्यक समस्याका बारेमा चर्चा गर्न लायक केही बिषय छन् । यस सिरिजमा देखिएका केही सकारात्मक संकेतलाई उपलब्धि ठान्दै भविष्यप्रति उत्साहित बन्न सक्छौ । 

अर्जुनको उदय -

सुदूरपश्चिम प्रदेश क्रिकेटको लागि सदाबहार उर्बरभुमी हो । पुस्तौदेखि ठुला हस्ती यस प्रदेशले नेपाली क्रिकेटलाई दिएको छ । यहि क्रममा पछिल्लो पुस्ताका 'एक्साइटिंग’ क्रिकेटर हुन्, अर्जुन साउद । केन्या टुरमा टी ट्वान्टी सिरिज सकिएको छ । सम्भवतः सबै भन्दा ठुलो चर्चा अर्जुनले नै पाए । उनी त्यसको हकदार पनि छन् । अन्तराष्ट्रिय डेब्युमै प्रभावशाली प्रदर्शन गर्नु सजिलो हुँदैन ।

सानो उमेर तर परिपक्व सोच । धेरै भएको छैन, नेपालको अन्डर– १९ टोलीबाट अर्जुन साउदले नेपालको लागि उमेर समूहमा खेलेको । अहिले उनी सिनियर टोलीबाट खेलिरहेका छन् । उनले आफ्नो डेब्यु खेलबाट नै सबैलाई प्रभावित पारिसकेका थिए । बिशेष गरेर उनको मानसिकताको अहिले निकै तारिफ भैरहेको छ । अब्बल र अनुभवी ब्याटरले निराश पारिरहेको बेलामा उनको खेल्ने शैलीले भने आशाको किरण देखाएको छ । सिरिजभर कुनैपनि बेला लागेन कि उनले डेब्यु सिरिज खेलिरहेका छन् ।

उनले ब्याटिङ सँगसँगै विकेट किपरको पनि विकल्प दिन्छन् । उनले दुई वटा राम्रो क्याच गर्नुका साथै दुई वटा स्टम्पिङ पनि गरे । नियमित विकेटकिपर ब्याटर आसिफ सेखको ठाउँमा उनले मौका पाएका थिए । आसिफ नेपालको लागि महत्वपुर्ण खेलाडी हुन् । उनको कमीलाई पूरा गर्न पक्कै पनि चुनौती हो । अर्जुन यसमा खरो उत्रिए । मौका पाएका तीन खेलमा उनले २३ भन्दा माथिको औसतमा ७० रन बनाए । उनको ब्याटिङमा देखिएको राम्रो पक्ष भनेको खेलको स्थितीलाई बुझ्न सक्नु हो । कुनबेला सट खेल्ने कुनबेला साझेदारी बनाएर खेल्ने भन्ने कुराको ज्ञान उनमा देखिन्थ्यो । सट खेल्न कत्ति नहिच्किचाउने अर्जुन एकदिवसीय ढाचाको क्रिकेटमा पनि उत्कृष्ट खेल्न सक्छन ।

भारतमै हुर्के बढेका अर्जुनले भारतमै क्रिकेट सिके । घरेलु प्रतियोगितामा प्रधानमन्त्री कपबाट उनको उदय भएको हो । सुदूरपश्चिम टिमबाट घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुनलाई नेपाली क्रिकेटको भविष्यको रुपमा हेर्न थालिसकिएको थियो । अन्तिममा नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई उनले प्रभावित त पारिसके, यहि एकरुपता उनले आफ्नो ब्याटिङ्गमा आगामी दिनमा राख्नु जरुरी छ । उनको उदय यस सिरिजको महत्वपूर्ण उपलब्धि हो ।

मल्लको पुनरागमन -

नेपाली क्रिकेट टिमलाई सबै भन्दा ठुलो राहत केन्यामा गएर मिल्यो । यस सिरिजमा ज्ञानेन्द्रले आफ्नो गुमेको लय फिर्ता मात्र गरेनन्, टोलीलाई एउटा स्थिरता पनि प्रदान गरे । एउटा कुरा के प्रमाणित भएको छ भने उनी क्रिकेटबाट टाढा होलान तर नेपाली क्रिकेट उनीबाट टाढा हुनै सक्दैन । टोलीका सबैभन्दा अनुभवी खेलाडी फर्किनुले टोलीलाई धेरै पक्षबाट फाइदा छ । झन् उनी त नेतृत्व गरिसकेका खेलाडी हुन् ।

पछिल्लो समय राष्ट्रिय टोलीले सांगठनिक रुपमा जे जति उतारचढाव देख्यो, त्यसको एउटा हिस्सा ज्ञानेन्द्र पनि थिए तर आवश्यकताले उनलाई खोज्नु र उनले माग पुरा गर्नु अपवाद हुन सक्दैन । यो अपरिहार्य हो भन्ने कुरा यो सिरिजले बुझाएको छ । ज्ञानेन्द्र नेपाली क्रिकेटको यात्रामा खम्बा मात्र होइनन्, धरोहर नै हुन् । जो हिजो पनि थिए र आज पनि छन् ।

सिरिजको अन्तिम खेलमा नेपालको लागि जित त सानदार थियो नै, महत्वपुर्ण कुरा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपालको तर्फबाट पहिलो अर्धशतक पुरा गर्दै टोलीमा बलियो पुनरागमन गरे । 'प्लेयर अफ द म्याच’ बनेका ज्ञानेन्द्रबाट चाहिएको समयमा ५९ रनको रन निस्कियो । नेपालको लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा ९ सय ९८ दिन (१८ इनिङ्स) पछि उनको यो पहिलो अर्धशतक हो ।

सिरिजभर २७ को औसतमा उनले १ सय ३५ रन जोडे । नेपालको मिडल अर्डरले अहिलेसम्म बिश्वास गर्न लायक प्रदर्शन दिन सकेको छैन । यस्तोमा उनको उपस्तिथीले सम्भावित थप दुर्घटनालाई जोगाउन सक्छ ।

'शार्प’ सन्दीप -

नेपालका कप्तान सन्दीप लामिछाने दिन प्रतिदिन नयाँ नयाँ उचाई हासिल गरिरहेका छन् । व्यक्तिगत सफलताकै कुरा गर्ने हो भने पनि केन्या भ्रमण उनको लागि कोशेढुङ्गा बन्यो । उनी नेपालको प्रमुख हतियार हुन् । तसर्थ उनी धारिलो अर्थात 'शार्प’ भईरहनु अत्यावश्यक हुन्छ । नेपालको अर्को खुसी भनेको सन्दीपको एउटा बलरको रुपमा विश्वस्तरीय छाप यस सिरिजमा पनि कायम रह्यो । उनी 'प्लेयर अफ द सिरिज’ नै बने । 

पाँच खेलमा १२ विकेट लिँदै उनी सिरिजमा सर्वाधिक विकेटकर्ता बने । चौथो खेलमा जम्मा ९ रन खर्चिएर ५ विकेट लिएर 'बेस्ट फिगर’ पनि आफुसंगै राखे । सन्दीप लामिछानेलाई अब टी-ट्वान्टी  अन्तराष्ट्रियको इतिहासमा सबैभन्दा छिटो सय विकेट लिन ८ खेलमा १५ विकेट चाहिएको छ । ३८ टी–ट्वान्टी विकेटका साथ उनले टी-ट्वान्टी ढाचाको क्रिकेटमा क्यालेन्डर वर्षमा सबैभन्दा बढी विकेट लिएका छन् । यस वर्ष उनको ६६ विकेट (एकदिवसीय र टि ट्वान्टी) एक क्यालेन्डर वर्षमा एसोसियट बलरद्वारा लिएको सबैभन्दा धेरै विकेट हो ।

परिपक्व बन्दै रोहित -

पाँच खेल, ३१ को औसतमा १ सय ५६ रन ।

यस सिरिजकै सर्वाधिक रन बनाउने खेलाडीको पहिलो सूचीमा  नेपालका उपकप्तान रोहित कुमार पौडेलको नाम छ । रोहित पछिल्लो समय नेपालका सबैभन्दा भरपर्दा ब्याटर बनेर आएका छन् । नेपालले खेलेका सबै ढाचाको क्रिकेटमा 'ब्याटिङ इन्चार्ज’ को भूमिका उनले सम्हालिरहेका छन् । उनको ब्याट चल्नु नेपालको निश्चित जित र नचल्नु नेपालको हार । अर्थात नेपालले निकाल्ने नतिजामा उनकै प्रदर्शन निर्णायक हुने गरेको छ ।

केहि समय अघिसम्म उनलाई टी-ट्वान्टी ढाचामा राखिदैन थियो । तर उनले यस ढाचामा पनि राम्रो पुनरागमन गरेका छन् । आफ्नो पुनरागमन पछि रोहितले टी ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो करियरको ७८ दशमलव ७२ प्रतिशत रन बनाएको तथ्य बाहिर आएको छ । उनले पछिल्ला दुई खेलमा अर्धशतकको नजिक पुगेर विकेट गुमाउनु दुर्भाग्य थियो । ४७/४७ रनमा उनी आउट भएपनि उनको त्यही इनिङ्सहरु निर्णायक थियो । यस पटक उनको प्रदर्शनमा यो एकरुपता आउँदा उनी कति परिपक्व हुदैछन् भन्ने देखिन्छ ।

अब एकदिवसीयको कप्तानी गर्ने अवसर पनि छ, उनीसँग । कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न गैसकेका छन् । उनको जिम्मेवारी अब रोहितले निभाउनेछन । उनको कप्तानी कस्तो हुने हो भन्ने चासोको बिषय छ ।

यस सिरिजमा देखिएका समस्याहरु बिगतका जस्तै हुन् । उही पुराना समस्याहरु नयाँ आकारमा देखिएका मात्र हुन् ।

परम्परागत ब्याटिङको समस्या यथावत -

नेपालको ब्याटिङको बारेमा जति बयान गरेपनि साध्य छैन । यहि ब्याटिङले इतिहासमा असिमित खुसी दिएको छ । तर अभागी छ हाम्रो ब्याटिङ, त्यही खुसीको मूल्य नराम्ररी चुकाउछ पनि । नेपालको ब्याटिङको परिचय 'अस्थिरता’ हो । त्यही अस्थिरताले गर्दा नेपालको ब्याटिङले श्रेय पाउदैन । कुनै खेलमा लाग्छ अहो ! अब त सुधार भयो कि तर लगत्तै यसरी निराश पार्छ कि सबैजना टाउकोमा हात राख्छन् । नेपालले सबै गरिसक्यो खेलाडी परिवर्तन गरेर हुदैन, भरपर्दा प्रशिक्षक ल्याएर हुदैन, अझैपनि नसुध्रिने ब्याटिङले सरोकार राख्ने सबैलाई हैरान बनाइसक्यो ।

यस सिरिजमा सबैभन्दा अप्रत्यासित चौथो खेल रह्यो । किनकी नेपालले लज्जास्पद हार बेहोर्यो । १ सय २ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले केवल ९४ रन बनाउन सक्यो र ७ विकेटले नतिजा केन्यालाई सुम्पियो । यो नेपाली क्रिकेटका लागि खराब दिन रह्यो । एक खेल अगावै सिरिज जित्ने अवसर मात्र गुमाएन, ब्याटिङको समेत ठुलो आलोचना भयो । यतिमात्र हैन, पुरै सिरिज अवधिभर धेरै क्षणहरु आए जब नेपाली ब्याटिङ्ग डगमगायो । नेपाली क्रिकेटको सबैभन्दा ठुलो कमजोरीको रुपमा एकपटक फेरी ब्याटिङ्ग देखियो । निराशाजनक पक्ष भनेको केन्याका पार्ट टाइम बलरविरुद्ध रन जोड्न नेपालका ब्याटरहरु संघर्ष गरिरहेका थिए ।

दीपेन्द्र सिंह ऐरीको गुमेको लय -

'मिस्टर डिपेन्डेबल’ले यस पटक पनि आफ्नो उत्कृष्ट लय हासिल गर्न सकेनन् । क्यानडा र स्कटल्याण्ड भ्रमणमा उनको ब्याटिङलाई लिएर प्रश्न उब्जिएको थियो । यस सिरिजमा पनि उनको ब्याटिङको जादु खास चल्न सकेन । उनलाई टी-ट्वान्टी ‘स्पेसलिस्ट’ भनिन्छ । तर उनले यसमा पनि संघर्ष गरे । जसले गर्दा आम समर्थक चिन्तित छन् । पहिलो खेलमा ३३ र अन्तिम खेलमा २२ रन जोडेका उनले बाँकी ३ खेलमा दोहोरो अंक छुन सकेनन् । पाँच खेलमा १४ को औसतमा उनले ७० रन बनाए । बरु बलिङ भने ठीक ठाक गरे, ६ विकेट लिए । तर उनीमाथि अपेक्षा ब्याटिङको छ । त्यही म्याच विनर दीपेन्द्र सिंह ऐरीको पुरानो रुपको पर्खाइमा सबै छन् ।  

जित भित्र लुकेको अदृश्य हार -

एउटा ऐतिहासिक टोलीविरुद्धको जित नेपालको लागि कम महत्वको छैन । तर, वर्तमानमा आफुभन्दा तलको स्तरमा क्रिकेट खेलिरहेको देशविरुद्ध ३–२ ले सिरिज जित्दा नेपालको लागि जितको खुसीले कति महत्व राख्यो, त्यसमा बहस हुनसक्छ । पछिल्लो दशकयता नेपाली क्रिकेटको महत्वाकांक्षा जति आकासिएको छ, नतिजा त्यतिनै खस्किदो पनि छ । यो तितो यथार्थ हो । केन्याविरुद्धको जितले नेपालको त्यो महत्वकांक्षालाई न्याय गर्यो त ? बिचार गर्ने हो भने त धारणा यसरी पनि बनाउन सकिन्छ ।

चिन्ता एउटै हो, जितको खुसियालीमा कतै हारेका केहि कुराहरु बिर्सियौ कि ? के यो प्रभावशाली जित हुन सक्थ्यो ?

यस सिरिजमा नेपालले ब्यहोरेका दुई वटा हार कतै महँगो नबनोस् । त्यही हारले नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय वरीयतामा समेत प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा नेपालको स्थान घटेको छ । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुनका लागि शीर्ष ११ भित्र पर्नुपर्छ ।

योजना र रणनीतिमा स्पष्टता देखिएन -

उसो त धेरै कुरामा नेपालको योजनाले विश्वस्त पार्न सकेन । केहि प्राबिधिक त्रुटिहरु देखिन्थे । केहि भने समिकरणमा । केहि निर्णयमा त, केहि उदेश्यमा । क्रिकेटमा डेथ ओभर निकै महत्वपुर्ण हो । तर, नेपाल अझै पनि यसको सदुपयोग गर्न सकिरहेको छैन । न त ब्याटिङबाट, न त बलिङबाट । ब्याटिङमा फिनिसरहरु जमिरहेका छैनन् भने बलिङमा डेथ ओभर बलिङ धारिलो देखिएन । अझ बलिङमा स्पिनर प्रभावकारी होलान् ? यो गम्भीर कुरा हो । बिगतमा जस्तो आइकनिक स्पिन जोडी अहिले देखिदैन । सन्दीप जस्तै विकेट टेकर स्पिनरको अभाव छ ।

नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा समेत त्यस्तो देखिने गरि परिवर्तन भएन । हुन त अहिलेनै उनको प्रशिक्षणमा प्रश्न गर्नु मुर्खता हुनेछ, त्यही पनि अंग्रेजीमा एउटा प्रसिद्द भनाइ छ नि, 'मर्निङ शोज डे’ ।

बरु खेलाडी परिवर्तन भईरहे । यसमा पक्कै प्रभाकर आफ्नो बेस्ट ब्याटिङ लाइनअप बनाउन चाहन्छन् । समीकरण मिलाउन चाहन्छन् तर कुनै खेलाडीको सुरुआती ११ मा छनोट र रोटेसनले उनीमाथि प्रश्न गर्ने ठाउँ भने दिन्थ्यो । जस्तै पवन सर्राफ, करण केसी, आरिफ सेख, विवेक यादव जस्ता खेलाडीलाई म्यानेजमेन्टले कुन भूमिका दिन खोजिरहेको छ, त्यो अस्पष्ट छ । कि त पूर्ण ब्याटरमा जाँदा फाइदा होला, कि त पूर्ण बलरमा । एउटै प्रकृतिको भूमिकामा संख्या पनि सिमित राखेमा नतिजा राम्रो आउन सक्ला । तब मात्र पुरै ओभर बलिङको कोटा पुर्याउन सकस हुदैन ।

प्रशिक्षक नयाँ छन् र प्रशिक्षकका लागि अन्य नयाँ खेलाडी हेर्ने विकल्प पनि छ । अर्जुन साउदको प्रदर्शनले अब त्यो बाटो झन् बलियो गरि खुलेको छ । आउने दिनमा घरेलु प्रतियोगिताले ठुलो प्रभाव पार्ने निश्चित छ । टी-ट्वान्टी लिग, प्रधानमन्त्री कप जस्ता प्रतियोगिताको महत्व झन् बढ्नेछ । नयाँ नामहरु उदाउन सक्छन् । तिनै प्रतियोगिताबाट आफैले टोली निर्माण गर्न सक्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP