केन चम्किदा टोटेनहमको जित
आइतबार, भदौ १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।
खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ५६ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्न सकेनन् । केनको प्रहार फरेस्टका गोलकिपर डिन हेण्डरसनले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको ८१ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
यस जितसँगै टोटेनहमले ४ खेलमा १० अंक जोडेको छ ।
टोटेनहम तेस्रो स्थानमा रहेको छ ।
फरेस्ट ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्यामले एस्टन भिल्लालाई १-० ले हराएको छ ।
उल्भ्स र न्युकासलले १-१ गोलको बराबरी खेलेको छ ।
केन चम्किदा टोटेनहमको जित






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


