लुकास अनुबन्ध गर्दै वेस्ट ह्याम
आइतबार, भदौ १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले मिडफिल्डर लुकास पाक्वेटालाई अनुबन्ध गर्ने भएको छ ।
वेस्ट ह्यामले ब्राजिलियन मिडफिल्डरलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गर्ने भएको हो ।
वेस्ट ह्यामले ३६.५ मिलियन पाउण्डमा लुकासलाई अनुबन्ध गर्न लागेको हो ।
२५ वर्षीय मिडफिल्डरको आइतबार मेडिकल भएको बताईएको छ ।
लुकासले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गर्ने छन् ।
लुकास २०२० मा एसी मिलानबाट लियोन आएका थिए ।
लुकासले लियोनका लागि गत सिजन ३५ लिग वान खेलमा ९ गोल गरेका थिए ।
उनले ब्राजिलको लागि ३३ खेलमा ७ गोल गरिसकेका छन् ।
लुकास अनुबन्ध गर्दै वेस्ट ह्याम






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


