काठमाडौं । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओले मिडफिल्डर एण्डर हरेरालाई अनुबन्ध गरेको छ ।
ला लिगा क्लबले हरेरालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्ध गरेको हो ।
म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर हरेरालाई एक सिजनको लागि लोनमा अनुबन्ध गरिएको बिल्बाओले जनाएको छ।
स्पेनिस मिडफिल्डर हरेरा २०१९ मा युनाईटेडबाट फ्री ट्रान्सफरमा पीएसजी आएका थिए ।
फ्रेन्च क्लबसँग हरेराको सम्झौता २०२४ सम्म रहेको छ ।
हरेरा आठ वर्षपछि बिल्बाओ फर्किएका हुन् ।
३३ वर्षीय हरेरा सन् २०१४ मा बिल्बाओबाट युनाईटेड गएका थिए ।