दुहवी र सिद्राहा भिड्दै
आइतबार, भदौ १२, २०७९खेलपाटी संवाददाता

इलाम । मोरङको विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबलको दोश्रो खेलमा दुहबी भेट्रान र सिद्राहा भेट्रान प्रतिस्पर्धा गर्दैछन् ।
सहिद रंगशालाम जारी प्रतियोगिताको खेला साँझ साढे ६ बजेबाट हुँदैछ ।
प्रतियोगिताको उद्धघाटन खेलमा झापाको दुधे भेट्रान क्लब सेमीफाइनल प्रवेश गरेको छ । विराटनगरको मिल्स भेट्रान क्लबलाई १–० ले हराउँदै दुधेले अन्तिम ४ मा स्थान बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा भीष्मप्रसाद खरेलले गरेको गोल नै निर्णायक बन्यो ।
झापा, मोरङ, सुनसरी र लहानका ९ टोली सहभागी प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैया र ट्रफी हात पार्ने छ ।
विराटनगर मेघा स्पोर्टस क्लबका अध्यक्ष अजित सिंहका अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले गरेका थिए ।
दुहवी र सिद्राहा भिड्दै






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


