• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ २०२२ : महिला टिमको कप्तान को ?
नमीन ढकाल
आइतबार, भदौ १२, २०७९ नमीन ढकाल
साफ २०२२ : महिला टिमको कप्तान को ?

इलाम।  छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको मिति नजिकिएसंगै राष्ट्रिय महिला टोलीको कप्तान बहसको विषय बनेको छ ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाको प्रशिक्षणमा रहेको नेपाली टोली कप्तान विहीन छ ।

प्रतियोगिता सूरु हुन अब ९ दिन मात्र बाँकी छ । केही नयाँ अनुहारलाई समेट्दै मुख्य प्रशिक्षक थापाले २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । इतिहास पल्टाउने हो भने नेपालकी पहिलो कप्तान हुन्, रमा सिंह । त्यसपछि क्रमश कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरु थापा, रेनुका नगरकोटीले कप्तानको जिम्मेवारी सम्हालेका छन् ।

कार्यबाहकको रुपमा वर्तमान गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र वर्तमान एन्फा केन्द्रिय सदस्य पेमा लामाले समेत कप्तानको ‘आर्मब्यान्ड’ लगाइसकेका छन् । विश्वको व्यवसायिक फुटबलमा झै नेपालमा समेत कप्तान चयन प्रक्रिया उस्तै छ ।

प्रशिक्षकले कप्तान चयन गर्दा टोलीमा नियमितता, खेलाडीको उमेर, व्यक्तित्व, प्रतिष्ठा, अन्य खेलाडीसँगको घनिष्टता र खेलाडीले खेल्दै आएको पोजिसनलाई ध्यान दिने गरेका छन् । 

प्रशिक्षक र पूर्व कप्तानको नजरमा ‘निर्विकल्प एन्जिला’

राष्ट्रिय टोलीमा कप्तानको चयन सिनियरका आधारमा दिइदै आएको छ । राष्ट्रिय टोलीमा सिनियर हेर्ने हो भने सन् २०१४ को साफ च्याम्पियनसिपका खेलाडीलाई हेर्नुपर्ने हुन्छ ।

मुख्य प्रशिक्षक कुमार थापाको २३ सदस्यीय टोलीमा रहेका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, दिपा राई, सावित्रा भण्डारी, अनिता बस्नेत, अमृता जैशी, पुनम जर्घा मगर, हिरा कुमारी भुजेलले सन् २०१४ को साफ च्याम्पियनसिप खेलेका थिए ।

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक हरि खड्काको भनाईलाई आधार मान्ने हो भने कप्तानका लागि योग्य सिनियर खेलाडीमा गोलरक्षक एन्जिला, मिडफिल्डर दिपा र डिफेन्डर अमृता हुन् ।

अमृता र दिपाले सन् २०१४ मा नै राष्ट्रिय टोलीमा डेब्यु गर्दा एन्जिलाले २ बर्ष बेञ्चमा बिताएर सन् २०१६ को १२ औ दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरुद्ध डेब्यु गरेकी थिइन् ।

क्यापकै हिसाबले सिनियर खेलाडी हेर्ने हो भने सावित्रा भण्डारीले सवैभन्दा बढि राष्ट्रिय टोलीबाट खेलमा सहभागी भएकी छन् ।

सन् २०१४ को पाकिस्तान साफमा भुटानविरुद्ध डेब्यु गरे यता उनले राष्ट्रिय टोलीबाट ३४ खेलमा सहभागी भएकी छन् । तर राष्ट्रिय महिला लिगमा दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएपछि झन्डै एक वर्ष खेल मैदानबाट बाहिर रहिन् ।

दोश्रो क्यापमा एन्जिलाको ३१ खेल रहेको छ । उनी सन् २०१६ यता नियमित रुपमा नेपाली गोलपोस्ट सम्हाल्दै आएकी छिन् । उमेरकै हिसाबले हेर्दा सवैभन्दा सिनियर दिपा राई देखिन्छन् ।

‘नेपालमा कप्तान चयनलाई सिनियरका आधार दिने गरिएको छ । अहिलेको अवस्थामा तीन जना खेलाडी सम्भावित कप्तानका रुपमा देखिएका छन् । तर सम्भावना चाहि एन्जिलाको बढि देखिन्छ,’ खड्काले भने, ‘यसअघि पनि कप्तान आर्मब्यान्ड लगाएको र खेलाडीलाई नेतृत्व गर्ने क्षमता उसमा अलि बढि देखिन्छ । त्यती मात्र हैन, एन्जिलाको नेतृत्वमा नेपालले सुखद नतिजा समेत निकालेको छ ।’

हरिको नजरमा परेको एन्जिला बाहेकका अन्य खेलाडीले उमेर समुह नखेलेरै सिधै राष्ट्रिय टोलीमा परेका हुन् । एन्जिला सिनियर राष्ट्रिय टोलीमा रहँदै सन् २०१४ मा भएको एएफसी यु–१४ रिजनल ट्रफीमा नेपाली टिमबाट प्रतिनिधित्व गरेकी थिइन् ।

भारतलाई हराउँदै उपाधि जित्दा गोलपोष्ट उनको जिम्मेवारीमा थियो । सन् २०१९ को हिरो कपमा उनी कार्यवाहक कप्तान समेत हुन् । एन्जिलाकै कप्तानीमा नेपालले सिनियर महिला फुटबलमा पहिलो पटक चिरप्रतिद्धन्द्धी भारतलाई हराएको थियो ।

नेपाली महिला टिमको म्यानेजर समेत सम्हालिसकेकी पूर्व कप्तान कमला हिराचन यसअघि समेत सिनियरकै आधारमा कप्तानी ‘आर्मब्यान्ड’ दिने गरेको सुनाउँछिन् ।

‘हामीले सन् १९८६ मा पहिलो पटक अन्तराष्ट्रिय खेलमा सहभागि हुँदा सिनियर भएकाले रमा दिदि (रमा सिंह) लाई कप्तान बनाइएको थियो । उहाँपछि सिनियर भएकाले मैले कप्तानी गर्न पाएको थिए,’ हिराचनले भनिन् ‘त्यसपछि पनि सिनियरकै आधार कप्तान बनाइएको छ ।’

हिराचन सिनियर÷जुनियर भन्दा पनि टिमलाई नेतृत्व गर्न सक्ने क्षमतालाई ध्यान दिनुपर्ने बताउँछिन् । ‘सिनियर भनेर मात्र पनि भएन । टिमको रणनीतिलाई बुझेर मैदानमा प्रस्तुत हुनुपर्ने हुन्छ । सहकर्मीलाई नेतृत्व गर्न सकेन भने सिनियर भए मात्रै पनि हुँदैन ।’ तपाईको नजरमा कप्तानी क्षमता भएको खेलाडी को त ? भन्ने प्रश्नमा हिराचन भन्छिन् ‘निर्विकल्प एन्जिला’

नेपाली राष्ट्रिय टोलीका पुर्व मिडफिल्डर भोला सिलबाल कप्तानको लागि गोलरक्षक उपयुक्त पात्र हुने बताउँछन् । ‘गोलरक्षकले विपक्षी टिमको खेलाडीहरुलाई ‘जज’ गर्न सक्ने भएकाले कप्तानीको लागि उपयुक्त पात्र हुन सक्छन् । अर्को सम्भाव्यता डिफेन्सको समेत देखिन्छ ।’

May be an image of 1 person, standing, grass and text

सिनियर भन्ने मेरो प्राथमिकता हैन : मुख्य प्रशिक्षक थापा

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापा कप्तानी गर्नका लागि सिनियर भन्ने बिषय प्राथमिकतामा नराखेको बताउँछन् ।

‘अहिले केही सम्भावित खेलाडीको बारेमा अध्ययन गरिरहेको छु । मेरो प्राथमिकता टिमको सिनियर भन्दा पनि रणनीति अनुसार जो योग्य देखिन्छ, उसैले आर्मब्यान्ड पाउँछ,’ थापाले भने ‘ सिनियरकै कुरामा नियमित सेटमा नपरेका पनि छन् । उनीहरुलाई कप्तान दिने कुरो भएन । नियमित टिममा परेका र रणनीति कार्यान्वयन गर्न सक्ने नै अबको कप्तान हुन् । दुई तीन दिनभित्रै कप्तान को हुने भन्ने बारे थाहा पाउनुहुनेछ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP