मिलान शीर्ष स्थानमा
आइतबार, १२ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-० गोल अन्तरले हराएको हो ।
मिलानलाई जित दिलाउन राफायल लियो र ओलिभर जिरुडले एक एक गोल गरे ।
खेलको २१ औं मिनेटमा राफायलले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
यस जितसँगै मिलान शीर्ष स्थानमा उक्लिएको छ ।
मिलानले ३ खेलमा ७ अंक जोडेको छ ।
बोलोग्ना १ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
मिलान शीर्ष स्थानमा





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






