ब्रुनोको गोलमा युनाईटेडको जित
शनिबार, ११ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
शनिबार भएको खेल युनाईटेडले साउथह्याम्पटनलाई १-० गोल अन्तरले हराएको हो ।
युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे ।
खेलको ५५ औं मिनेटमा डालोटको पासमा ब्रुनोले निर्णायक गोल गरे ।
युनाईटेडको यो लगातार दोस्रो जित हो ।
जितसँगै युनाईटेडले ४ खेलमा ६ अंक जोडेको छ ।
युनाईटेड छैटौं स्थानमा रहेको छ ।
साउथह्याम्पटन ४ अंक ओडेर १३ औं स्थानमा रहेको छ ।
ब्रुनोको गोलमा युनाईटेडको जित





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






