फोफाना चेल्सी आउने पक्का
शनिबार, भदौ ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले डिफेन्डर वेस्ले फोफानालाई अनुबन्ध गर्ने पक्का भएको छ ।
चेल्सीले फ्रेन्च डिफेन्डरलाई लेस्टर सिटीबाट अनुबन्ध गर्न लागेको हो ।
फोफाना अनुबन्धका लागि चेल्सी र लेस्टरबीच सहमति बनेको स्काई स्पोर्ट्सले जनाएको छ ।
चेल्सीले गरेको चौंथो प्रस्तावमा लेस्टरले सहमति जनाएको बताईएको छ ।
चेल्सीले फोफानालाई ७५ मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।
२१ वर्षीय डिफेन्डर फोफानाले चेल्सीसँग ६ वर्षको सम्झौता गर्ने बताईएको छ ।
सेन्टर ब्याक फोफाना २०२० मा लेस्टर आएका थिए ।
फोफाना चेल्सी आउने पक्का







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

