मिडफिल्डर अल्मेडा भ्यालेन्सियामा
शनिबार, ११ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाले मिडफिल्डर आन्द्रे अल्मेडालाई अनुबन्ध गरेको छ ।
भ्यालेन्सियाले मिडफिल्डर अल्मेडालाई पोर्चुगिज क्लब भिक्टोरियाबाट अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिडफिल्डरले भ्यालेन्सियासँग ६ वर्षको सम्झौता गरेका छन् ।
भ्यालेन्सियाले उनलाई ७.५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
भिक्टोरियाको एकेडेमीमा हुर्किएका उनले सिनियर टोलीका लागि ६९ खेलमा ३ गोल गरेका छन् ।
अल्मेडाले पोर्चुगलको यू-२१ टोलीबाट खेलिसकेका छन् ।
मिडफिल्डर अल्मेडा भ्यालेन्सियामा











-1770375849820.jpg&w=3840&q=75)

