काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर एनगोलो कान्टे कम्तिमा ४ हप्ता मैदान बाहिर रहने भएका छन् ।
फ्रान्सेली मिडफिल्डर कान्टे हामस्ट्रिङ चोटको कारण ४ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले कान्टे ४ हप्ता मैदान बाहिर रहने पुष्टि गरे ।
३१ वर्षीय मिडफिल्डरले टोटेनहमसँगको २-२ गोलको बराबरी भएको खेल दौरान चोट बोकेका थिए ।
चोटकै कारण गत हप्ता लिड्सविरुद्ध ३-० को हार व्यहोर्दा उनी टिममा थिएनन् ।