भारतमाथिको फिफाको प्रतिबन्ध फुकुवा
शुक्रबार, भदौ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ ।
फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।
प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ ।
फिफाको प्रतिबन्ध फुकुवासँगै भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्न पाउने छ ।
फिफाले गत साउनअ एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरेको थियो ।
फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।
भारतमाथिको फिफाको प्रतिबन्ध फुकुवा









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)