इसाक न्युकासलमा अनुबन्धित
शुक्रबार, भदौ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासलले स्विडेनका फरवार्ड अलेक्जेन्डर इसाकलाई अनुबन्ध गरेको छ ।
न्युकासलले स्पेनिस क्लब रियल सोसिडाडबाट इसाकलाई अनुबन्ध गरेको हो ।
न्युकासलले इसाक अनुबन्धको रकम भने खुलाएको छैन ।
२२ वर्षीय इसाकले लामो समयको सम्झौता गरेको न्युकासलले जनाएको छ ।
इसाक २०१९ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए ।
इसाकले स्पेनिस क्लबका लागि १ सय ३२ खेलमा ४४ गोल गरिसकेका छन् ।
उनले स्विडेनका लागि ३७ खेलमा ९ गोल गरेका छन् ।
इसाक न्युकासलमा अनुबन्धित









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)