पटिहानी फुटबल क्लबलाई बतास ब्रदर्शको प्रायोजन
शुक्रबार, १० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । चितवन भरतपुरको पटिहानी फुटबल क्लबलाई महिन्द्रा ट्याक्टरको आधिकारिक बिक्रेता बतास ब्रदर्श चितवनले प्रायोजन गरेको छ ।
पटिहानी र बतास ब्रदर्शबीच बिहीबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
क्लबका अध्यक्ष पोस्टराज तिमल्सिना र बतासका सिईओ राजेश रानाभाटले सम्झौतामा हस्ताक्षर गरे ।
प्रायोजनबाट प्राप्त रकम ग्रासरुट तथा बिभिन्न तालिममा सदुपयोग गरिने क्लबले जनाएको छ ।
सम्झौतापछि पटिहानीले चितवनको फुटबलमा माया गरेको भन्दै बतासलाई धन्यवाद दिएको छ ।
.jpg)
पटिहानी फुटबल क्लबलाई बतास ब्रदर्शको प्रयोजन












-1770375849820.jpg&w=3840&q=75)