काठमाडौं । प्रिमियर लिग क्लब न्युकासलले स्विडेनका फरवार्ड अलेक्जेन्डर इसाकलाई अनुबन्ध गर्ने भएको छ ।
न्युकासलले स्पेनिस क्लब रियल सोसिडाडबाट इसाकलाई अनुबन्ध गर्ने भएको हो ।
न्युकासलले इसाकलाई क्लबको कीर्तिमानी मूल्य ६० मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको बीबीसीले जनाएको छ ।
२२ वर्षीय इसाकको न्युकासलमा मेडिकल समेत भएको बताईएको छ ।
इसाक २०१९ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए ।
इसाकले स्पेनिस क्लबका लागि १ सय ३२ खेलमा ४४ गोल गरिसकेका छन् ।
उनले स्विडेनका लागि ३७ खेलमा ९ गोल गरेका छन् ।