काठमाडौं । इटालियन सिरी ए क्लब यूएस लेच्चेले डिफेन्डर स्यामुएल उम्टिटीलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाका डिफेन्डरलाई लेच्चेले लोनमा अनुबन्ध गरेको हो ।
लेच्चे हालै सिरी ए क्लबमा बढुवा भएको टोली हो ।
बार्सिलोनाले उम्टिटीलाई एक सिजनका लागि लोनमा पठाईएको जनाएको छ ।
फ्रेन्च डिफेन्डर उम्टिटी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए ।
२८ वर्षीय डिफेन्डरले बार्सिलोनाका लागि १ सय ३३ खेल खेलेका छन् ।
बार्सिलोनाका लागि उनले २ ला लिगासहित ७ ट्रफी जितेका छन् ।
उम्टिटी २०१८ को विश्वकप विजेता खेलाडी हुन् ।
