काठमाडौं । फ्रेन्च लिग वान क्लब निसले विंगर निकोलस पेपेलाई अनुबन्ध गरेको छ ।
निसले आइभरी कोस्टका पेपेलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
आर्सनलले पेपेलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको अवसर समेत दिएको छ ।
२७ वर्षीय विंगर २०१९ मा क्लबको कीर्तिमानी मूल्य ७२ मिलियन पाउण्डमा लिलबाट आर्सनल आएका थिए ।
पेपेले आर्सनलका लागि १ सय १२ खेलमा २७ गोल गरेका छन् ।
गत सिजन उनले मात्र ५ खेलमा सुरुआतमा रहेर खेलेका थिए ।
पेपेको आर्सनलसँगको सम्झौता २०२४ सम्म रहेको छ ।
