एजेन्सी । इंग्ल्याण्ड तथा म्यानचेस्टर सिटी स्टार चोल केली इंग्ल्याण्डको राष्ट्रिय महिला टोलीबाट बाहिरिएकी छिन् । युरो २०२२ को फाइनलमा जर्मनीविरुद्ध विजयी गोल गर्ने केली चोटका कारण वेम्बलीको ऐतिहासिक जितपछि टिमबाट बाहिरिएकी हुन् ।
चेल्सीकी फ्रान किर्बी पनि घाइते छिन् र यसै बर्ष दुई महत्वपुर्ण जोडी जिल स्कट र एलेन ह्वाइटले सन्यास लिईसकेका छन्।
आर्सनलकी मिडफिल्डर जोर्डन नोब्स, ह्युस्टन ड्यास र स्ट्राइकर इबोनी साल्मन भने २३ सदस्यीय खेलाडीको टोलीमा समेटिएका छन् ।
युरो २०२२ की टिमकी सदस्य गोलकिपर हन्ना ह्याम्पटनलाई बाहिर राखिएको छ । म्यानचेस्टर सिटीका गोलकिपर स्यान्डी म्याकइभर युरो २०२२ को लागि फर्किएकी छन् । त्यस्तै म्यानचेस्टर युनाइटेडकी कप्तान केटी जेलेम र चेल्सीकी लरेन जेम्सलाई स्थान दिईएको छ ।
’फरवार्ड केलीको खुट्टामा सामान्य चोट लागेको छ ।’ प्रशिक्षक सरिना विगम्यानले भनिन्, ’उनीलाई अलि बढी समय चाहिन्छ, यो धेरै खराब छैन । मलाई लाग्दैन कि यसले धेरै समय लिन्छ ।’
इंग्ल्याण्डले सन् २०२३ विश्वकपका लागि आफ्नो अन्तिम छनोट खेलमा अष्ट्रिया र लक्जमबर्गसंग खेल्नेछ ।