साफ खेल्ने भुटानको टिम भोलि आईपुग्ने
बुधबार, भदौ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । महिला साफ फुटबल प्रतियोगितामा सहभागी हुन भुटानको राष्ट्रिय फुटबल टोली भोलि (बिहीबार) नेपाल आईपुग्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार भुटानी टोली बिहान ९ बजे ड्रक एअरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
साफ खेल्न नेपाल आउने भुटान पहिलो टिम हो । भुटान समूह ‘बी’ मा रहेको टोली हो । यो समुहमा श्रीलंका र नेपाल रहेका छन् ।
भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपाल सहित ७ टिमले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । भखैरै प्रतिबन्धमा परेको भारतीय टिमको सहभागीता अनिश्चित छ ।
#भुटानको टिम







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

