नेभिलका छोराले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण
बुधबार, भदौ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका पूर्व खेलाडी फिल नेभिलका छोरा हार्भे नेभिलले अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँगको सम्झौता नवीकरण गरेका छन् ।
२० वर्षीय डिफेन्डर नेभिलले २०२४ सम्म क्लबमा रहने गरि सम्झौता गरेको इन्टर मियामीले जनाएको छ ।
इन्टर मियामीले यस सिजन तेस्रो खेलाडीको रुपमा नेभिलसँग सम्झौता गरिएको जनाएको छ ।
इन्टर मियामीको मुख्य प्रशिक्षकमा फिल नेभिल रहेका छन् । इंग्ल्यान्ड महिला टिमको मुख्य प्रशिक्षक छाडेर उनी इन्टर मियामी आएका हुन् ।
नेभिलले २०२१ को मे महिनामा क्लबसँग सम्झौता गरेका थिए ।
नेभिलका छोराले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

