काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २-१ गोल अन्तरले हराएको हो ।
साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्सले दुई गोल गरे ।
लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।
अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको छ ।
फुलहमले ब्रेन्टफोर्डलाई ३-२ ले पराजित गरेको छ ।
एभर्टन र नटिङघम फरेस्टले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।