गुप्टिलले तोडे रोहितको कीर्तिमान
सोमबार, साउन ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिल टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।
भारतीय कप्तान रोहित शर्मालाई पछाडी पार्दै गुप्टिल शीर्ष स्थानमा उक्लिएका हुन् । गुप्टिलले वेस्ट इण्डिजसँगको तीन खेलको सिरिजमा जित हात पारेसँगै यो कीर्तिमान बनाएका हुन् ।
गुप्टिलले १ सय १७ इनिङमा ३ हजार ४ सय ९७ रन बनाएका छन् । शर्मा ३ हजार ४ सय ८७ रनका साथ दोस्रो स्थानमा छन् । विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् ।
गुप्टिलको नाममा रहेको यो कीर्तिमान केही समय अघि मात्र शर्माले तोडेका थिए ।

गुप्टिलले तोडे रोहितको कीर्तिमान













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)