जर्सी विश्वकप छनोटको प्ले अफमा
सोमबार, साउन ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्सी आगामी वर्ष भारतमा आयोजना हुने विश्वकपका लागि छनोटको एक चरण अगाडी पुगेको छ ।
आईसीसी च्यालेन्ज लिगको समूह 'बी' बाट जर्सीले विश्वकप छनोट प्ले अफमा स्थान बनाएको हो ।
६ राष्ट्र रहेको यस समूहमा जर्सी अन्तिम खेलमा पराजित भएको थियो । युगान्डासँग समान अंक भए पनि नेट रनरेटमा अगाडी रहेकोले जर्सी छनोट भएको हो ।
समूह 'ए' बाट भने क्यानडा तथा सिगांपुरको सम्भावना रहेको छ । प्ले अफमा छानिएका दुवै राष्ट्रले विश्वकप लिग टूबाट आउने तिन राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छन् ।
यि पाँचबाट शीर्ष दुई राष्ट्र विश्वकप छनोटमा पुग्नेछ । प्लेअफका खेलहरु एकदिवसीय अन्तराष्ट्रिय मान्यताका हुने भएकोले जर्सीले ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय पनि खेल्ने भएको छ ।
२००७ मा आईसीसीको एसोसिएट सदस्यको रुपमा रहेको जर्सीले १५ वर्षमा नै एकदिवसीय खेल खेल्ने भएको हो ।
जर्सी विश्वकप छनोटको प्ले अफमा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)