ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने
आइतबार, साउन २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण अफ्रिकाका बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् ।
चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् ।
इंग्ल्यान्ड लायोनसँगको ४ दिने अभ्यास खेलका क्रममा ओलिभर घाईते भएका हुन् ।
इंग्ल्यान्डको टेस्ट अघि घाईते हुने ओलिभर दोस्रो दक्षिण अफ्रिकाका तीव्र व्र गतिका बलर हुन् ।
चोटकै कारण कागिसो राबडाले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज गुमाएका थिए । तर, इंग्ल्यान्डसँगको टेस्ट अघि राबडा पुरणरुपमा फिट हुने अपेक्षा गरिएको छ ।
दक्षिण अफ्रीकाले घरेलु टोलीविरुद्ध ३ खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट १७ अगस्टमा लर्ड्समा सुरु हुनेछ ।
ओलिभरले १५ टेस्ट खेलमा ५९ विकेट लिएका छन् ।
ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)