राशिद लगातार ३ खेलमा विकेट विहीन !
शनिबार, साउन २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अफगानस्तानका लेगस्पिनर राशिद खानले लगातार तीन टी-ट्वान्टी अन्तराष्ट्रियमा विकेट विहीन बनेका छन्।
घरेलु टोली आयरल्याण्डविरुद्धको जारी सिरिजमा उनले यस्तो खराब कीर्तिमान बनाएका हुन्।
पहिलो खेलमा विना विकेट २५ रन खर्चिएका खानले दोस्रो खेलमा २७ रन खर्चिएका थिए।
तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा खानले ४ ओभरमा ३८ रन खर्चिएका थिए।
यस अघि खान लगातार दुई टी-ट्वान्टी अन्तराष्ट्रियमा विकेट विहीन रहेका थिए।
५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि अफगानस्तान आयरल्याण्डको भ्रमणमा रहेको छ।
तीन खेलको सिरिजमा आयरल्याण्ड २-१ अघि रहेको छ ।
राशिद लगातार ३ खेलमा विकेट विहीन !













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)