जिम्बावे सिरिजमा भीभीएस लक्ष्मण मुख्य प्रशिक्षक

काठमाडौं । जिम्बावे भ्रमणमा भारतको मुख्य प्रशिक्षकमा भीभीएस लक्ष्मण रहने भएका छन्।
भारतका नियमित मुख्य प्रशिक्षक राहुल द्रविड एसिया कपका लागि यूएई जाने हुदा लक्ष्मणलाई जिम्मेवारी दिईएको हो।
द्रविड सहितको भारतीय टोली अगस्ट २० मा यूएई जाने छन् ।
३ खेलको एकदिवसीय सिरिजका लागि जिम्बावेमा रहेको भारतीय टोलीको पहिलो खेल १८ अगस्टमा रहेको छ।
एसिया कप भने अगस्ट २७ बाट सूरु हुदैछ । भारत समूह 'ए' मा रहेको छ । समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
समूह 'बी' श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)