एनसीसी कपको खेल तालिका सार्वजनिक
शुक्रबार, साउन २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपलिज क्यानडियन क्रिकेट क्लबले एनसीसी कप -२०२२ पाचौ संस्करणको खेल तालिका सार्वजनिक गरेको छ।
प्रतियोगिता अगस्ट १३ र १४ गते डीक्सी-४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुनेछ । प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ ।
समूह 'ए' मा बेलचौक ब्वाइज, मिस्सिसौगा,एमएलसीसी, टिम अतुल, समूह 'बी' मा बर्मलिया डेंटिस्ट्री, अप्रूवल जीनिइ, ब्रेक एंड प्ले रहेको जानकारी प्रतियोगिता संयोजक राजन तामाङले जानकारी दिए ।
विजेताले दुई हजार क्यानडियन डलर साथै उपविजेताले एक हजार क्यानडियन डलर पुरस्कार पाउने छन् ।
प्रतियोगिताको ड्राफ्ट जुलाई ३१ मा भएको थियो । एनसीसी कपको चौथो संस्करण ब्रेक एन्ड प्लेले उपाधि जितेको थियो ।

एनसीसी कपको खेल तालिका सार्वजनिक













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)