• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
गणेश थापाको छोरालाई एन्फाको सिइओ बनाउने तयारी
खेलपाटी संवाददाता
शनिबार, असार ३२, २०७९ खेलपाटी संवाददाता
गणेश थापाको छोरालाई एन्फाको सिइओ बनाउने तयारी

काठमाडौं । भ्रष्ट्राचारको मुद्धामा १० वर्षको प्रतिबन्धमा रहेका पूर्व अध्यक्ष गणेश थापाको छोरालाई अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाउने तयारी भएको छ ।

एन्फाको साउन २ गतेको कार्यसमिति बैठकमार्फत पूर्व अध्यक्ष थापाका जेठा छोरा गौरव थापालाई फुटबल संघको सिइओ बनाउने तयारी भएको हो ।

एन्फाको पछिल्लो निर्वाचनमा अध्यक्षमा पंकजबिक्रम नेम्वाङ सहित अधिकांश आफ्ना समूहका पदाधिकारी जिताउन सफल भएका पूर्व अध्यक्ष थापाकै जोडबलमा गौरवलाई सिइओ बनाउन लागिएको हो ।

‘सिइओको विषय छलफलमा छ । गौरव थापालाई बनाउने÷नबनाउने भन्ने विषयमा छलफल हुदैछ,’ एन्फा अध्यक्ष नेम्वाङ निकट एक पदाधिकारीले खेलपाटीसँग भने ।

एन्फाले कार्यसमितिको आसन्न बैठकको एजेण्डा नम्बर ७ मा विभिन्न पदाधिकारीको नियुक्तिको सम्बन्धमा निर्णय गर्ने बताएको छ । स्रोतका अनुसार गणेश थापाकै जोडबलमा एन्फा सिइओमा गौरव थापा र प्रवक्तमा सुरेश साहलाई नियुक्तिको तयारी गरिएको छ ।

गौरव थापासँग एसियाली फुटबल महासंघ एएफसी सहित अन्तराष्ट्रिय फुटबलमा काम गरेको अनुभव छ । तर उनी बुवा गणेश थापाका कारण नेपाली फुटबल इतिहासमा विवादीत र आरोपित पात्र हुन् ।

एएफसीका तत्कालिन अध्यक्ष मोहम्मद बिम हमामसँग १ लाख डलर घुस लिएको आरोपमा फिफाले एन्फाका पूर्व अध्यक्ष थापालाई आर्थिक जरिवाना सहित फुटबल गतिविधिबाट १० वर्षको प्रतिबन्ध सजाय सुनाएको थियो । सो एक लाख डलर थापाकै जेठा छोरा गौरव थापाको बैंक खातामा जम्मा भएको देखिएको थियो । उनै गौरव थापालाई एन्फाको सिइओ बनाउने गरि गृहकार्य अघि बढेको छ ।

गौरवको नाम एन्फा चुनाव अघि महासचिवको रुपमा चर्चामा थियो । पंकज बिक्रम नेम्वाङले निर्वाचन लगत्तै आकस्मिक एन्फा बैठक राखेर महासचिवमा आफु निकटका किरण राई र कोषाध्यक्षमा रबिन्द्र जोशी तथा अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नविन पाँडेलाई नियुक्त गरेका थिए । आफुसँग सल्लाह नगरि महासचिव लगायतका पदाधिकारी नियुक्ति गरिएको भन्दै गणेश थापा रुष्ट भएका थिए । सोही कारण नेम्वाङ र थापाबीच सुरुवाती चरणमा दरार समेत उत्पन्न भएको थियो ।

नेम्वाङले आफु अनुकुल चल्न खोजेपछि थापाले प्रतिपक्षको भुमिकामा पुगेका कर्माछिरिङ शेर्पा निकटका फुटबल नेतासँग सम्पर्क बढाएका थिए । सँग सँगै थापाले एन्फा कार्यसमितिमा आफ्नो बहुमत रहेको दाबी सहित नेम्वाङमाथि दबाब पनि सुरु गरेका थिए । त्यसपछि नेम्वाङ निकट महासचिव किरण राई सहयोग अपेक्षा सहित एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेट्न बुढानिलकण्ठ निवाससम्म पुगेका थिए । तर छलफल र संवादले कुनै ठोस आकार लिन सकेन ।

आफ्नै समूहमा अल्पमतमा रहेका नेम्वाङ अब थापाको इच्छा र दबाबका बीच विवादीत पृष्ठभुमीका गौरव थापालाई एन्फाको सिइओ बनाउने अवस्थामा पुगेका छन् । एन्फा निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका नेम्वाङसँग उपाध्यक्ष दावा लामा मात्र छन् । सो प्यानलबाट चुनाव जितेका अधिकांश पदाधिकारी र कार्यसमिति सदस्य गणेश थापा निकट मानिन्छन् । एन्फाको १९ सदस्यीय वर्तमान कार्यसमितिमा आफुसँग प्रस्ट बहुमत रहेको दाबी सहित गणेश थापाले नेम्वाङमाथि दबाब र तनाव बढाएका छन् । एन्फा चुनावमा नेम्वाङ निकटका अधिकांश उम्मेदवारलाई हराएर थापाले आफु निकटका उम्मेदवारलाई चुनावमा रणनीतिक रुपमा जिताउन सफल भएका थिए ।

‘प्रतिबन्धको कारबाहीका कारण आफु फुटबलमा अब फर्कन नमिल्ने भएपछि छोरालाई एन्फामा स्थापित गर्ने योजना अनुसारनै सिइओमा ल्याउन लागिएको हो ।’ एन्फाका कार्यसमितिका एक पदाधिकारीले भने, ‘भ्रष्टचारको घटनामा संलग्न पात्रलाई फुटबलको जिम्मेवारीमा ल्याउँदा फिफा र अन्तराष्ट्रिय फुटबलमा राम्रो सन्देश जादैन । यसले नेपाली फुटबललाई थप बदनामनै बनाउनेछ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP