बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु

शुक्रबार, ३१ असार २०७९खेलपाटी संवाददाता
अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु
Loading ad...
mustang rice ad

इलाम । नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको ब्यबस्थापनमा इलाममा तीन दिने 'ओ' लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ ।

कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन । कार्यक्रम तीन दिनसम्म चल्ने नेकोस राष्ट्रिय क्रिकेट संघका सह सचिब चेतनाथ पौडेलले बताए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उदघाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । सो अवसरमा मेयर थापाले जिल्लामै पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोस राष्ट्रिय क्रिकेट संघलाई धन्यबाद दिए । साथै उनले इलाममा वि.सं २०४२ ४३ तिर क्रिकेट भित्रिएपनि यो खेलको विकास विस्तार हुन नसकेको अवस्थामा यो कार्यक्रमले जिल्लामा क्रिकेट गतिबिधिहरु बढने विश्वास ब्यक्त गरे ।

कार्यक्रम उदघाटनको क्रममा बोल्दै नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष बिप्लभ घोषले नेपालको मेची देखी महाकाली सम्म क्रिकेटमय बनाउने अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडी बढाउने बताए ।

नेकोस राष्ट्रिय क्रिकेट संघको मुल उदेश्यनै ग्रासरुट क्रिकेटलाई माथी उठाउने तथा बिभिन्न जिल्लाहरुमा क्रिकेट गतिबिधिहरु संचालन गर्ने अध्यक्ष घोषले बताए । उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भएपनि महिला क्रिकेट प्रतियोगिताहरु कम आयोजना भएको हुँदा निकट भबिष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए । उनले कार्यक्रममा सहभागी महिला तथा पुरुष प्रशिक्षार्थीहरुलाई शुभकामना दिदै क्रिकेटमा पनि भबिष्य रहेको र सबैले आ आफ्नो क्षेत्रबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धी बहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोर पाउने आशा ब्यक्त गरे । उनले यस्ता कार्यक्रमहरु देशका बिभिन्न ठाँउमा आयोजना हुनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटबाट पाएको अनुभवहरु यो कार्यक्रममा साझा गर्न पाउदा गर्व लागेको उनले बताए । कार्यक्रममा आईसीसी प्यानल अम्पायर बुद्धी बहादुर प्रधान सहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन ।

उदघाटन कार्यक्रममा प्रदेश नम्बर एक क्रिकेट संघका सदस्य टिकाराम पुरी, जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेल, जिल्ला समन्वय समिति कार्यालय इलामका सदस्य लगायत क्रिकेटसँग सम्बन्धित बिभिन्न ब्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

Loading ad...
LiNing Ad
अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन