मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोनाल्डोको प्रस्ताव पीएसजीद्धारा अस्विकार

बुधबार, २९ असार २०७९खेलपाटी संवाददाता
रोनाल्डोको प्रस्ताव पीएसजीद्धारा अस्विकार
mustang rice ad

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लबमा आउने रोनाल्डोको प्रस्तावलाई अस्विकृत गरेको छ । रोनाल्डोले एजेन्ट जर्ज मेन्डिसमार्फत पीएसजी जाने इच्छा ब्यक्त गरेका थिए । तर फ्रान्सेली क्लबले रोनाल्डोको प्रस्तावलाई अस्विकृत गरेको हो ।

३७ वर्षका रोनाल्डो यस सिजन ओल्डट्राफोर्ड छोड्न चाहन्छन्, उनी अर्को सिजन च्याम्पियन्स लिग खेल्ने क्लब जान चाहन्छन् । उनी एक वर्षअघिमात्र म्यानचेस्टर युनाइटेड आएका थिए । युनाइटेडसँग रोनाल्डोको सम्झौता अझै एक वर्ष बाँकी छ । 

मेन्डिसले रोनाल्डोको विषयमा पीएसजीका स्पोर्टिङ डिरेक्टर लुइस कामपोस र क्लबका अध्यक्ष नासिर अल खेलाइफीसँग छलफल गरेका थिए । सुपर एजेन्ट मानिएका मेन्डिस दुवैसँग एकदमै नजिक छन् । उनले धेरै वर्ष कमपोससँग काम गरेका थिए । उनले धेरै खेलाडी खेलाइफीसँग उपलब्ध पनि गराएका छन् । उनले भर्खरै पोर्तोबाट भिटिन्हालाई पीएसजीमा जोडेका छन् । 

इएसपीएन स्रोतका अनुसार पीएसजीले रोनाल्डोलाई अनुबन्धन गर्ने यो ठिक समय नभएको बताएको छ । क्लब अहिले रोनाल्डोको तलब ब्यहोर्ने अवस्थामापनि छैन । 

यसैपनि रोनाल्डोलाई पीएसजीमा स्थान दिन सहज छैन । नयाँ प्रशिक्षक क्रिस्टिोफर गाल्टियर नयाँ सिजनको तयारी गरेका छन् । उनले नेयमार, मेस्सी र केलियन एमबाप्पेसँगै रोनाल्डोलाई जोड्न कुनै अर्थ मानिरहेका छैनन् । 

रोनाल्डो लिन नमान्ने पीएसजी पहिलो क्लब हैन । यसअघि बायर्न म्युनिखले पूर्व रियल मड्रिडका स्टारको प्रस्तावलाई अस्विकार गरेको थियो । चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि रोनाल्डोको प्रस्तावलाई निको मानेका छैनन् । नयाँ मालिक टोड बोली सहितको छलफलमा पोर्चुगलका अन्तराष्ट्रिय खेलाडीलाई अनुबन्धन गर्ने विषयमा चेल्सी उत्सुक छैन । 

रोनाल्डो अर्को सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छन् । ६ पटकका वालेन डी ओर विजेता युनाइटेडसँग खुसी छैनन् । युनाइटेड नयाँ सिजनका लागि खेलाडी सरुवा बजारमा खासै जम्न सकेको छैन । 

म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक इरिक टेन हग रोनाल्डोलाई क्लबमै राख्न इच्छुक छन् । उनले सोमबारमात्र पत्रकार सम्मेलनमा क्लबले रोनाल्डोलाई चाहेको बताएका थिए । 

‘हामी रोनाल्डोलाई नयाँ सिजनका लागि योजनामा राखेका छौं ।’ उनले भनेका छन्, ‘म उनीसँग काम गर्ने बारेमा सोचिरहेको छु । मैले केही पढेको छु । तर मैले भनिरहेको छु, उनी बिक्रीमा छैनन् । उनी हाम्रो योजनामा छन् । हामी उनीसँग सफल हुन चाहन्छौं ।’ 

‘मैले यस विषय आउनु अघिनै उनीसँग कुरा गरेको थिए । कुरा राम्रो भएको थियो । हामीले साच्चिकै राम्रो कुराकानी गरेका थियौं ।’ उनले थपे । 

रोनाल्डोले परिवारको कारण देखाउँदै प्रि सिजना अभ्यासमा युनाइटेडसँग जोडिन मानेका छैनन् । युनाइटेडको थाइल्याण्ड टूरमा रोनाल्डो टिमसँग छैनन् । 
 

LiNing Ad
#रोनाल्डो पीएसजी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य