रोनाल्डोको प्रस्ताव पीएसजीद्धारा अस्विकार

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लबमा आउने रोनाल्डोको प्रस्तावलाई अस्विकृत गरेको छ । रोनाल्डोले एजेन्ट जर्ज मेन्डिसमार्फत पीएसजी जाने इच्छा ब्यक्त गरेका थिए । तर फ्रान्सेली क्लबले रोनाल्डोको प्रस्तावलाई अस्विकृत गरेको हो ।
३७ वर्षका रोनाल्डो यस सिजन ओल्डट्राफोर्ड छोड्न चाहन्छन्, उनी अर्को सिजन च्याम्पियन्स लिग खेल्ने क्लब जान चाहन्छन् । उनी एक वर्षअघिमात्र म्यानचेस्टर युनाइटेड आएका थिए । युनाइटेडसँग रोनाल्डोको सम्झौता अझै एक वर्ष बाँकी छ ।
मेन्डिसले रोनाल्डोको विषयमा पीएसजीका स्पोर्टिङ डिरेक्टर लुइस कामपोस र क्लबका अध्यक्ष नासिर अल खेलाइफीसँग छलफल गरेका थिए । सुपर एजेन्ट मानिएका मेन्डिस दुवैसँग एकदमै नजिक छन् । उनले धेरै वर्ष कमपोससँग काम गरेका थिए । उनले धेरै खेलाडी खेलाइफीसँग उपलब्ध पनि गराएका छन् । उनले भर्खरै पोर्तोबाट भिटिन्हालाई पीएसजीमा जोडेका छन् ।
इएसपीएन स्रोतका अनुसार पीएसजीले रोनाल्डोलाई अनुबन्धन गर्ने यो ठिक समय नभएको बताएको छ । क्लब अहिले रोनाल्डोको तलब ब्यहोर्ने अवस्थामापनि छैन ।
यसैपनि रोनाल्डोलाई पीएसजीमा स्थान दिन सहज छैन । नयाँ प्रशिक्षक क्रिस्टिोफर गाल्टियर नयाँ सिजनको तयारी गरेका छन् । उनले नेयमार, मेस्सी र केलियन एमबाप्पेसँगै रोनाल्डोलाई जोड्न कुनै अर्थ मानिरहेका छैनन् ।
रोनाल्डो लिन नमान्ने पीएसजी पहिलो क्लब हैन । यसअघि बायर्न म्युनिखले पूर्व रियल मड्रिडका स्टारको प्रस्तावलाई अस्विकार गरेको थियो । चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि रोनाल्डोको प्रस्तावलाई निको मानेका छैनन् । नयाँ मालिक टोड बोली सहितको छलफलमा पोर्चुगलका अन्तराष्ट्रिय खेलाडीलाई अनुबन्धन गर्ने विषयमा चेल्सी उत्सुक छैन ।
रोनाल्डो अर्को सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छन् । ६ पटकका वालेन डी ओर विजेता युनाइटेडसँग खुसी छैनन् । युनाइटेड नयाँ सिजनका लागि खेलाडी सरुवा बजारमा खासै जम्न सकेको छैन ।
म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक इरिक टेन हग रोनाल्डोलाई क्लबमै राख्न इच्छुक छन् । उनले सोमबारमात्र पत्रकार सम्मेलनमा क्लबले रोनाल्डोलाई चाहेको बताएका थिए ।
‘हामी रोनाल्डोलाई नयाँ सिजनका लागि योजनामा राखेका छौं ।’ उनले भनेका छन्, ‘म उनीसँग काम गर्ने बारेमा सोचिरहेको छु । मैले केही पढेको छु । तर मैले भनिरहेको छु, उनी बिक्रीमा छैनन् । उनी हाम्रो योजनामा छन् । हामी उनीसँग सफल हुन चाहन्छौं ।’
‘मैले यस विषय आउनु अघिनै उनीसँग कुरा गरेको थिए । कुरा राम्रो भएको थियो । हामीले साच्चिकै राम्रो कुराकानी गरेका थियौं ।’ उनले थपे ।
रोनाल्डोले परिवारको कारण देखाउँदै प्रि सिजना अभ्यासमा युनाइटेडसँग जोडिन मानेका छैनन् । युनाइटेडको थाइल्याण्ड टूरमा रोनाल्डो टिमसँग छैनन् ।













-1762763443397.jpg&w=3840&q=75)