फरवार्ड पोटर ब्रेन्टफोर्डमा
बुधबार, असार २९, २०७९खेलपाटी संवाददाता
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले फरवार्ड किन लुइस पोटरलाई अनुबन्ध गरेको छ ।
ब्रेन्टफोर्डले फरवार्ड पोटरलाई हल सिटीबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय फरवार्डले ब्रेन्टफोर्डसँग ६ वर्षको सम्झौता गरेका छन् ।
सम्झौता रकम खुलाईएको छैन ।
ब्रेन्टफोर्डले यस समरमा दोस्रो खेलाडीको रुपमा इंग्ल्यान्डको यू-२१ टोलीका फरवार्डलाई अनुबन्ध गरेको हो ।
यस अघि डिफेन्डर आरोन हिकीलाई अनुबन्ध गरेको थियो ।
फरवार्ड पोटर ब्रेन्टफोर्डमा













-1762763443397.jpg&w=3840&q=75)