एनआरटी र थोनबुरी भिड्दै
बुधबार, असार २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेको नेपालको 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आज बुधबार तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
एनआरटीले आज थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।
एनआरटीले यस अघि शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग मैत्रीपूर्ण खेलेको थियो ।
चोनबुरीसँग ९-० ले पराजित एनआरटी कासेमसँग ५-२ गोल अन्तरले पराजित भएको थियो ।
प्रि-सिजनको तयारीका लागि एनआरटीको टोली थाइल्याण्ड पुगेको हो ।
थाइल्याण्ड जानु अघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।
एनआरटी र थोनबुरी भिड्दै













-1762763443397.jpg&w=3840&q=75)