रुनी डिसी युनाईटेडको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
डिसी युनाईटेडले बुधबार रुनीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
रुनी डिसी युनाईटेडका पूर्व खेलाडी समेत हुन् । उनले २०१८ देखि १९ सम्म डिसीका लागि खेलेका थिए ।
डिसीका लागि उनले ४८ खेलमा २३ गोल र १५ असिस्ट गरेका थिए ।
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट डीसी गएका थिए ।
उनी डिसी छाडेर लिग वान क्लब डर्बी काउन्टीको मुख्य प्रशिक्षक बनेका थिए ।
तर, ३६ वर्षीय रुनीले हालै डर्बीको मुख्य प्रशिक्षक पद छाडेका थिए ।
रुनीले डर्बीसँगको सम्झौता नसकिदै क्लब छाडेका हुन् । गत वर्ष उनले क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका थिए।
डर्बी गत सिजन च्याम्पियनसिपबाट रेलिगेसनमा परेको थियो । मुख्य प्रशिक्षक हुनु अघि रुनीले डर्बीबाट खेलेका थिए ।
रुनी इंग्ल्यान्डका कीर्तिमानी गोलकर्ता हुन् ।













-1762763443397.jpg&w=3840&q=75)