युनाईटेडले लिभरपुललाई हरायो
मंगलबार, असार २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई हराएको छ ।
थाइल्याण्डमा मंगलबार राति भएको खेलमा युनाईटेडले लिभरपुललाई ४-० गोल अन्तरले हराएको हो ।
खेलको १२ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए ।
एन्थोनी मार्सियलले ३३ औं मिनेटमा गोल गर्दा युनाईटेड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा फाकुन्डो पेलिस्ट्रीले गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए ।
यससँगै नवनियुक्त मुख्य प्रशिक्षक एरिक टेन ह्यागको पहिलो खेलमै युनाईटेडले जित निकालेको छ ।
नयाँ सिजनको लिग अघि प्रि-सिजन तयारीका लागि युनाईटेड र लिभरपुलको टोली थाइल्याण्डमा रहेका छन् ।
युनाईटेडले लिभरपुललाई हरायो













-1762763443397.jpg&w=3840&q=75)