ज्याक आर्सनलको यू-१८ टोलीको मुख्य प्रशिक्षक
मंगलबार, असार २८, २०७९खेलपाटी संवाददाता
काठमाडौं । इंग्ल्यान्डका पूर्व मिडफिल्डर ज्याक विल्सेरे आर्सनलको यू-१८ टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
आर्सनलले क्लबका पूर्व मिडफिल्डरलाई यू-१८ टोलीको प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
३० वर्षीय मिडफिल्डरले ८ जुलाईमा खेल जीवनबाट सन्यास घोषणा गरेका थिए ।
फुटबलबाट सन्यास घोषणा गर्दै उनी प्रशिक्षणमा होमिएका हुन् ।
आर्सनलका लागि उनले १ सय ९७ खेल खेलेका थिए ।
ज्याक आर्सनलको यू-१८ टोलीको मुख्य प्रशिक्षक













-1762763443397.jpg&w=3840&q=75)