नानी अष्ट्रेलियन क्लब मेलबर्नमा अनुबन्धित
मंगलबार, असार २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व स्टार लुइस नानी अष्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीमा अनुबन्धित भएका छन् ।
अष्ट्रेलियन ए लिग क्लब मेलबर्नले मंगलबार विंगर नानीलाई अनुबन्ध गरिएको जनाएको छ ।
पोर्चुगलका पूर्व स्टार नानी २०२२/२३ को सिजनका लागि अनुबन्धित भएका हुन् ।
च्याम्पियन्स लिग विजेता नानीले पछिल्लो सिजन इटालियन सिरी बी क्लब भेनेजियाबाट खेलेका थिए ।
नानीले युनाईटेडबाट २००७ देखि २०१५ सम्म खेलेका थिए ।
युनाईटेडका लागि नानीले १ सय ४७ खेल २५ गोल गरेका थिए ।
पोर्चुगलका लागि उनले १ सय १२ खेलमा २४ गोल गरेका थिए ।
नानी अष्ट्रेलियन क्लब मेलबर्नमा अनुबन्धित







-1762856022963.jpg&w=3840&q=75)





