भिटोरिया इजिप्टको मुख्य प्रशिक्षक नियुक्त
मंगलबार, असार २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इजिप्टले राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा रुई भिटोरियालाई अनुबन्ध गरेको छ ।
इजिप्ट एफएले मंगलबार पोर्चुगिज प्रशिक्षक भिटोरियालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
५२ वर्षीय प्रशिक्षकले इजिप्टसँग ४ वर्षको सम्झौता गरेका छन् ।
भिटोरियाले २०२६ को विश्वकपसम्म इजिप्टको टोली हेर्नेछन् ।
उनी सफल युरोपियन प्रशिक्षक मध्ये एक हुन् ।
गत वर्ष भिटोरियाले रुसी क्लब स्पार्टक मस्कोको टोली सम्हालेका थिए ।
भिटोरिया इजिप्टको मुख्य प्रशिक्षक नियुक्त







-1762856022963.jpg&w=3840&q=75)





