काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड ओसुमाने डेम्बेलेले सम्झौता नवीकरण गर्ने भएका छन् ।
फ्रेन्च फरवार्ड डेम्बेले सम्झौता नवीकरणका लागि बार्सिलोना आईपुगेका छन् ।
बार्सिलोना छाड्ने चर्चा चलिरहेको बेला डेम्बेले सम्झौता नवीकरण गर्न सहमत भएका हुन् ।
डेम्बेलेले आगामी २०२४ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गर्ने बताईएको छ ।
२५ वर्षीय फरवार्ड २०१७ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए ।
बार्सिलोनाका लागि १ सय २ खेलमा उनले १९ गोल गरिसकेका छन् ।
डेम्बेलेले फ्रान्सका लागि २७ खेलमा ४ गोल गरेका छन् ।