बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाको कार्यसमिति बैठक : साफ च्याम्पियनसिप र एनएसएल मुख्य एजेन्डा

आइतबार, २६ असार २०७९खेलपाटी संवाददाता
एन्फाको कार्यसमिति बैठक : साफ च्याम्पियनसिप र एनएसएल मुख्य एजेन्डा
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो ।

कार्यसमिति बैठकमा विभिन्न एजेन्डामा छलफल हुनेछ । तर, नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल) मुख्य एजेन्डाको रुपमा रहेको छ ।

'कार्यसमिति बैठक साउन २ गते बस्दैछ । मुख्य एजेन्डा महिला साफ र एनएसएल रहेको छ,' एन्फाका महासचिव राईले भने, 'यी लगायत अन्य एजेन्डाहरु पनि रहेको छ ।'

महिला साफ नेपालमा आयोजना हुँदैछ । च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।

तर, काठमाडौंमा आयोजना गर्ने की राजधानी बाहिर गर्ने भन्ने विषय टुंगो लागेको छैन । बैठकमा साफको भेन्युसहित आयोजक कमिटि गठनको विषयमा छलफल हुनेछ । 

यस्तै पछिल्लो समय ए डिभिजनका असन्तुष्ट ४ क्लब र फ्रेन्चाईज फुटबल एनएसएल विवाद टुंगिएको छैन ।

'ए' डिभिजन क्लबका ४ क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) ले एनएसएलसँगको सम्झौता रद्दका लागि दबाब दिईरहेको छ ।

एन्फाले सम्झौता रद्दका लागि कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरिसकेको छ  ।

अघिल्लो कार्यसमितिले एनएसएल आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीलाई भदौ २५ देखि कात्तिक ५ गतेसम्म दोस्रो संस्करण आयोजनाको स्विकृती दिएको थियो ।

कार्यसमिति बैठकमा एन्फाको सिईओ र प्रवक्ता नियुक्तिको विषयमा समेत छलफल हुनेछ । त्यस्तै ए डिभिजन लिगको बारेमा समेत बैठकमा एजेन्डाको विषय बनाईएको छ।  

एन्फाको नव निर्वाचित कमिटिको यो दोस्रो कार्यसमिति बैठक हो । पहिलो बैठकले किरण राईलाई महासचिव र रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको थियो । त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाँडेलाई नियुक्त गरेको थियो ।

Loading ad...
LiNing Ad
एन्फाको कार्यसमिति बैठक : साफ च्याम्पियनसिप र एनएसएल मुख्य एजेन्डा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन