काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ टोली नटिङ्घम फरेस्टले डिफेन्डर ओमर रिचर्ड्सलाई अनुबन्ध गरेको छ ।
फरेस्टले इंग्लिस डिफेन्डरलाई जर्मन क्लब बायर्न म्युनिखबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डरले फरेस्टसँग ४ वर्षको सझौता गरेका छन् ।
रिचर्ड्स एक सिजन जर्मनीमा बिताएर इंग्लिस क्लब फर्किएका हुन् ।
गत सिजन उनी रिडिङबाट बायर्न गएका थिए ।
रिचर्ड्सले बायर्नका लागि १२ खेल खेलेका थिए ।
फरेस्ट यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।
च्याम्पियनसिपको प्ले अफ फाइनलमा हडर्सफिल्ड टाउनलाई हराउँदै नटिङ्घम प्रिमियर लिगमा उक्लिएको हो ।
नटिङ्घमले २३ वर्षपछि प्रिमियर लिग खेल्न लागेको हो ।
यस अघि नटिङ्घमले १९९९ को सिजन प्रिमियर लिग खेलेको थियो ।