काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर हालाण्डले ९ नम्बरको जर्सी लगाउने भएका छन् ।
सिटीले नर्वेजियन युवा स्ट्राइकर हालाण्डलाई ९ नम्बरको जर्सी दिईएको जनाएको छ ।
हालाण्डले जर्मन क्लब बोरुसिया डर्टमण्डमा समेत ९ नम्बरको जर्सी लगाउने गर्थे ।
सिटीमा भने ग्राबियल जिससले ९ नम्बरको जर्सी लगाउदै आएका थिए ।
तर, जिसस यसै समरमा आर्सनलमा अनुबन्धित भईसकेका छन् ।

प्रिमियर लिग च्याम्पियन सिटीले हालाण्डलाई यसै समरमा अनुबन्ध गरेको हो ।
हालाण्डलाई सिटीले डर्टमण्डबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय हालाण्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् ।
उनी २०२७ को जुलाईसम्म सिटीमा रहने छन् ।
हालाण्ड दुई सिजन डर्टमण्डमा बिताएर सिटी आएका हुन् ।
हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्ड आएका थिए ।
हालाण्डले डर्टमण्डका लागि ८९ खेलमा ८६ गोल गरेका छन् ।
नर्वेका लागि उनले २१ खेलमा २० गोल गरिसकेका छन् ।