काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सी इंग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई अनुबन्ध गर्न सहमत भएको छ ।
विंगर स्ट्रर्लिङलाई अनुबन्ध गर्न म्यान्चेस्टर सिटीलाई ४५ मिलियन पाउण्ड तिर्न चेल्सी राजी भएको छ ।
चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गर्ने छन् । सम्झौता थपका लागि विकल्प समेत दिइएको छ ।
अब मेडिकलपछि स्ट्रर्लिङले चेल्सीसँग औपचारिक सम्झौता गर्ने छन् ।
२७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका हुन् ।
स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी आएका थिए ।
स्ट्रर्लिङले सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।
गत सिजन उनले ३० प्रिमियर लिग खेलमा १३ गोल गरेका थिए ।
इंग्ल्यान्डका लागि उनले ७७ खेल खेलिसकेका छन् ।