काठमाडौं । इटालियन क्लब फियोरेन्टिनाले सर्बियन स्ट्राइकर लुका जोभिकलाई अनुबन्ध गरेको छ ।
फियोरेन्टिनाले जोभिकलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
२४ वर्षीय जोभिकले इटालियन क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।
यस्तै क्लबले सम्झौता थपका लागि बिकल्प समेत दिएको छ ।
जोभिकले सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल मड्रिड छाडेका थिए ।
रियलमा तीन सिजन बिताएर उनी इटाली आएका हुन् ।
फ्रान्कफुर्टबाट उनी २०१९ मा स्पेन आएका थिए ।
रियलका लागि उनले च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस सुपर कप जितेका थिए ।