काठमाडौं । अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले म्यानचेस्टर सिटीमा १९ नम्बरको जर्सी लगाउने भएका छन् ।
प्रिमियर लिग च्याम्पियन सिटीले शुक्रबार अल्भारेजले १९ नम्बरको जर्सी लगाउने जनाएको छ ।
२२ वर्षीय फरवार्डले सिटीसँग गत जनवरीमा साढे पाँच वर्षको सम्झौता गरेका थिए ।
तर, उनी अहिले अर्जेन्टिनी क्लब रिभर प्लेटबाट लोनमा खेलिरहेका छन् ।
सिजन सकिएपछि उनी यसै हप्ता क्लबमा आबद्द हुने सिटीले जनाएको छ ।
रिभर प्लेटका लागि उनले १ सय २० खेल खेल्दै ५३ गोल र ३१ असिस्ट गरेका छन् ।
अर्जेन्टिनाका लागि उनले ९ खेलमा १ गोल गरिसकेका छन् ।