काठमाडौं । डच क्लब आयाक्सले फरवार्ड स्टेभेन बर्जविनलाई अनुबन्ध गरेको छ ।
आयाक्सले शुक्रबार फरवार्ड स्टेभेनलाई टोटेनहबाट अनुबन्ध गरिएको जनाएको छ ।
२४ वर्षीय डच फरवार्डले आयाक्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
प्रिमियर लिगमा दुई वर्ष बिताएर स्टेभेन नेदरल्यान्ड्स फर्किएका हुन् ।
स्टेभेन २०२० मा पीएसभीबाट टोटेनहम आएका थिए ।
टोटेनहमका लागि उनले ८१ खेलमा ८ गोल गरेका छन् ।
नेदरल्यान्ड्सका लागि उनले २२ खेलमा ६ गोल गरेका छन् ।