काठमाडौं । विश्व फुटबल सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर तथा युईएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनीले आर्थिक अपचलनको मुद्दामा सफाई पाएका छन् ।
स्विजरल्यान्डको अदालतले ६ वर्षको अनुसन्धानपछि शुक्रबार ब्लाटर र प्लाटिनीलाई निर्दोष ठहर गरेको छ ।
ब्लाटर र प्लाटिनीमाथि सन् २०११ मा २ मिलियन स्वीस रकम अपचलनको आरोप लागेको थियो ।
ब्लाटरले उक्त रकम प्लाटिनीलाई अनधिकृत रुपमा दिईएको आरोप थियो ।
तर, दुबैले आरोप अस्वीकार गर्दै आईरहेका थिए ।
८६ वर्षीय ब्लाटर र ६७ वर्षीय प्लाटिनीलाई २०१५ मा फुटबलमा प्रतिबन्ध लगाईएको थियो ।
प्रतिबन्धपछि दुबैमाथि मुद्दा दर्ता गरिएको थियो ।